नेकपा माओवादीका उम्मेदवार राजाबाबु यादव बने काकालाई हराएर २२ वर्षमै गाउँपालिका अध्यक्ष

Ad
  • कालोपाटी सम्बाददाता

जनकपुरधाम । सर्लाहीको रामनगर गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका २२ वर्षीय राजाबाबु यादव विजयी भएका छन् । यादव चार हजार ८१ मत ल्याएर विजयी भएका हुन् । माओवादी नेता तथा पूर्वसांसद शिवपुजन राय यादवका छोरा राजाबाबु काठमाडौंमा बीबीएस अध्ययनरत थिए ।

पूर्वसांसद यादवले काठमाडौंबाट बोलाएर छोरा राजाबाबुलाई दबाब दिएर चुनावी मैदानमा उतारेका थिए । बुवाको राजनीतिक विरासतले गाउँपालिका निर्वाचित उनी सामाजिक सञ्जालमा भाइरल भएका छन् । नेकपा माओवादी केन्द्रका यादव चार हजार ८१ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका हरिनन्दनप्रसाद यादवले दुई हजार ३३९ मत पाए । पराजित हरिनन्दन निर्वाचित राजाबाबुका काका हुन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्