धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हमाल मतान्तर बढाउँदै, २ हजार १ सय १० मतले अग्रता

Ad
  • कालोपाटी सम्बाददाता

धनगढी । धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले मतान्तर बढाउँदै लगेका छन् । उपमहानगरपालिकाको वडा नम्बर १ को सकिएर २, ३, १८ र १९ को मतगणना भइरहेका बेला हमालले झण्डै दोब्बर मतले अग्रता लिएका हन् ।

पछिल्लो मत परिणाम अनुसार १० हजार ३२९ मतको गणना सकिंदा हमालले चार हजार ५३८ मत प्राप्त गरेर आफ्नो अग्रतालाई कायमै राखेका छन् । उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका नृपबहादुर वडले दुई हजार ११० मत कम ल्याएका छन् । वडले दुई हजार चार सय २८ मत ल्याएका छन् । नेकपा एमालेका रणबहादुर चन्दले भने एक हजार १४० मत प्राप्त गरेका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्