सिन्धुलीको तीनपाटन गाउँपालिकाको अध्यक्षमा कांग्रेस उम्मेदवार कर्णबहादुर थापामगर निर्वाचित

Ad
  • कालोपाटी सम्बाददाता

सिन्धुली । सिन्धुलीको तीनपाटन गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका कर्णबहादुर थापामगरले ९ हजार २ सय ३९ मत ल्याएर निर्वाचित भएका छन् । उनी २०७४ सालको निर्वाचनमा पनि गाउँपालिका अध्यक्षमा विजयी भएका थिए । थापाका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका उम्मेलवार छत्रबहादुर दाहालले ८ हजार ४२ मत पाए ।

गाउँपालिका उपाध्यक्षमा भने नेकपा माओवादी केन्द्रका धनबहादुर पुलामी विजयी भएका छन् । उनले ८ हजार ३९९ मत प्राप्त गरे ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्