काठमाडौंका स्वतन्त्र उम्मेदवार बालेनले राखे ५ हजार ५८ मतले अग्रता कायम, सिंह स्थापितलाई पछ्याउदै

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रतालाई बढाउँदै लगेका छन् । वैशाख ३१ गते बिहानदेखि महानगरमा मतगणना सुरु भएदेखि नै उनले अग्रता कायम राख्दै आएका हुन् । पछिल्लो मतपरिणाम अनुसार बालेनले १० हजार ८९९ मत ल्याएका छन् भने उनी पक्ष दोस्रोमा नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ५ हजार ८४१ मत प्राप्त गरेका छन् ।

तेस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार सिर्जना सिंहले ५ हजार ११४ मत प्राप्त गरेकी छन् । काठमाडौं महानगरपालिकामा १ र २ को मतगणना सकिएर नतिजा आइसकेको छ । भने अहिले ३, ४, ५, ६, ३१ र ३२ नम्बर वडाको मतगणना भइरहेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्