विराटनगरको २८ हजार ८९ मत गणना गर्दा मेयर नागेश २ हजार ३ सय ३३ भोटले अगाडि, उपमेयर शिल्पा कार्की कतिले ?

Ad
  • कालोपाटी सम्बाददाता

विराटनगर । विराटनगर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसले अग्रता बढाउँदै गएको छ । कांग्रेसका उम्मेदवार नागेश कोइरालाले नेकपा एमालेका उम्मेदवार सागर थापासँग २ हजार ३३३ मतको अग्रता लिएका हुन् । २८ हजार ८९ मत गणना गर्दा कांग्रेस उम्मेदवार कोइरालाले ९ हजार मत पाएका छन् । एमाले उम्मेदवार सागर थापाले ६ हजार ६६७ मत पाएका छन् ।

राप्रपा उम्मेदवार प्रल्हाद साहले १ हजार ८ सय ८८ मत प्राप्त गर्दा स्वतन्त्र उम्मेदवार उमेश यादवले २ हजार ८ सय २५ मत पाएका छन् । उपमेयरमा एमाले उम्मेदवार शिल्पा कार्कीले गठबन्धनतर्फबाट जसपाका उम्मेदवार अमरेन्द्र यादवसँग २ हजार ८ सय २ मतले अग्रता बनाएकी छन् । कार्कीले ७ हजार ६४६ मत पाउँदा यादवले ४ हजार ८४४ मत प्राप्त गरेका छन् ।

उपमेयरमा राप्रपा उम्मेदवार विन्दाकुमारी लुइँटेल आचार्यले २ हजार ३०२ मत प्राप्त गरेकी छन् । स्वतन्त्र उम्मेदवार नमिता न्यौपानेले १ हजार ६६९ मत प्राप्त गरेकी छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्