पाल्पाको रैनादेवी छहरामा कांग्रेसका भट्टराई र माओवादीका थापा निर्वाचित

Ad
  • कालोपाटी सम्बाददाता

पाल्पा । पाल्पाको रैनादेवी छहरा गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका रुक्मागत भट्टराई र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका युवराज थापा विजयी भएका छन् । अध्यक्षमा विजयी भएका कांग्रेसका भट्टराईले छ हजार ६४३ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी एमालेका रामबहादुर राउतले छ हजार १४५ मत प्राप्त गरेका छन् ।

उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका युवराज थापाले छ हजार ३०७ मत प्राप्त गरी विजयी भएका हुन् छ भने उनका प्रतिस्पर्धी नेकपा एमालेकी गीता भट्टराई घिमिरेले पाँच हजार ७६१ मत प्राप्त गरेका छन् । आठ वडामध्ये सिद्देश्वर र भुवनपोखरीमा माओवादी केन्द्रका वडाध्यक्ष विजयी भए ।

यस्तै नेकपा एमाले छहरा र सत्यवतीमा विजयी भएको छ भने सोमादी, मुझुङ, जुठापौवा, बल्ढेङगढीमा भने कांग्रेसका उम्मेदवार विजयी भएका छन् । यहाँ २०७४ को निर्वाचनमा कांग्रेस छ वडामा विजयी भएको थियो भने माओवादी र एमाले एक-एक वडामा विजयी भएका थिए । –रासस

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्