ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका अध्यक्षमा कांग्रेसको जीत, १ मतको अन्तरले उपाध्यक्षमा बन्दना निर्वाचित

Ad
  • कालोपाटी सम्बाददाता

ताप्लेजुङ ।  ताप्लेजुङ ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाका अध्यक्षमा नेपाली कांग्रेसका लालकृष्ण चौहान निर्वाचित भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका सन्तोष चाम्लिङ राईलाई ६८ मतान्तरले पराजित गर्दै उनी अध्यक्षमा निर्वाचित भएका हुन् । चौहानले तीन हाजार ३४३ र चाम्लिङले तीन हजार २७५ मत प्राप्त गरेका छन् ।

यस्तै गाउँपालिकाका उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका चित्र माबो निर्वाचित भएका छन् । उनले नेकपा एमालेका तुलसा बस्नेतलाई एक हजारभन्दा बढी मतान्तरले पराजित गरे । औपचारिक घोषणा हुन भने बाँकी छ । यहाँका आठमध्ये चार वडामा कांग्रेस, दुईमा एमाले, एकमा माओवादी केन्द्र र एक स्वतन्त्रले वडाध्यक्षमा निर्वाचित भएका छ्न । ताप्लेजुङको सिदिङ्वा गाउँपालिका उपाध्यक्षमा १ मतको अन्तरले गठबन्धनबाट उम्मेदवार बन्नुभएकी माओवादी केन्द्रकी बन्दना कडरिया निर्वाचित भएका छन् । निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार जीवन ताम्लिङ्लाई १ मतले पछि पार्दै कडरिया उपाध्यक्षमा निर्वाचित भएका हुन् ।

कडरियाले दुई हजार ३७६ मत प्राप्त गर्नुभएको छ भने ताम्लिङले दुई हजार ३७५ मत प्राप्त गरेका छन् । ताम्लिङ यसअघि गाउँपालिका उपाध्यक्ष थिए । माओवादी केन्द्रका ताम्लिङले कांग्रेससँग भएको गठबन्धनप्रति असन्तुष्टि जनाउँदै एमालेसँग सहकार्य गरी स्वतन्त्र उम्मेदवारी दिएका थिए । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्