बन्दीपुर गाउँपालिकाको अध्यक्षमा एमाले र उपाध्यक्षमा कांग्रेसको विजयी

Ad
  • कालोपाटी सम्बाददाता

बन्दीपुर ।  बन्दीपुर गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका सुरेन्द्र थापाले तीन हजार दुई सय पच्चीस मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका पूर्णसिं थापाले तीन हजार एक सय छैसठ्ठी मत प्राप्त गरेका हुन् ।

यसैगरी उपाध्यक्षमा नेपाली कांग्रेसका पञ्चमाया गुरुङले तीन हजार सत्ताइस मत ल्याएर विजयी भएका छन् । उनको निकटतम प्रतिद्वन्द्वी करुणा गुरुङले तीन हजार पच्चीस मत प्राप्त गरेका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । बन्दीपुरमा कूल दश हजार दुई सय पाँच मत खसेको थियो । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्