म्याग्दीका पाँच पालिका र ४० वडाको मतपरिणाम सार्वजनिक, हेर्नुहोस् कहाँ कसले जित्यो ?

Ad
  • कालोपाटी सम्बाददाता

म्याग्दी । स्थानीय तह निर्वाचन अन्तर्गत सोमबार बिहानसम्म म्याग्दीका पाँच वटा स्थानीय तह र ३८ वटा वडाको मतपरिणाम सार्वजनिक भएको छ । मतगणना सार्वजनिक भएका दुई वटा पालिकामा एमालेले अध्यक्ष, उपाध्यक्ष दुवै, एउटामा प्रमुख, कांग्रेसले दुई अध्यक्ष, एक उपाध्यक्ष र माओवादीले एक उपप्रमुख र एक उपाध्यक्ष जितेका छन् । मतपरिणाम सार्वजनिक भएका ४० वटा वडामध्ये एमालेले २०, कांग्रेसले १४ र माओवादीले ६ वडामा जित हासिल गरेका छन् ।

अन्नपूर्ण गाउँपालिका र ५ वटा वडाको मतपरिणाम सार्वजनिक हुन बाँकी छ । वैशाख ३० गते भएको स्थानीय तह चुनावमा निर्वाचित हुने २३७ पदका लागि ७१८ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए । कूल ८५ हजार ३७५ जना मतदाता रहेकोमा ५६ हजार ५४३ अथवा ६६.२३ प्रतिशत मत खसेको थियो । बेनी नगरपालिकाको प्रमुखमा एमालेका सुरत केसी र उपप्रमुखमा माओवादीकी ज्योति लामिछाने पौडेल निर्वाचित भएका छन् । मालिका गाउँपालिकाको अध्यक्षमा एमालेका बेगप्रसाद गर्बुजा र उपाध्यक्षमा एमालेकी लक्ष्मीदेवी पुन घर्ती निर्वाचित भए ।

रघुगङ्गा गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका भवबहादुर भण्डारी र उपाध्यक्षमा प्रेमकुमारी पुन विजयी भएका छन् । मङ्गला गाउँपालिकाको अध्यक्षमा एमालेका सतप्रसाद रोका र उपाध्यक्षमा एमालेकी प्रेमकुमारी अधिकारी निर्वाचित भएका छन् । धवलागिरी गाउँपालिकाको अध्यक्षमा कांग्रेसका प्रेमप्रसाद पुन र उपाध्यक्षमा माओवादी केन्द्रका रेशम पुन विजयी भएका छन् । स्थानीय तह चुनावमा धवलागिरिमा कांग्रेस र माओवादीले तालमेल गरेका थिए । एमालेबाट बेनपा १ मा टेकबहादुर थापा, ५ मा गोविन्द बानियाँ, ६ मा कृष्णसिंह बानियाँ, ८ मा उत्तमकुमार कर्माचार्य, १० मा मसवीर रोका, मङ्गला १ कुहुँमा एकतिज रोका, २ बाबियाचौरमा धनबहादुर खाती क्षेत्री, ५ मा भूपेन्द्र खत्री, मालिका २ मा उदयबहादुर बुढाथोकी, ६ मा पथबहादुर रोका, ७ मा टकलाल पुन, धवलागिरि २ मा अकबहादुर विक, ४ मा यामबहादुर घर्ती, ६ मा राजाराम उपाध्याय, रघुगङ्गा २ भगवतिमा अमृत भण्डारी, ३ पिप्लेमा खिमबहादुर शाही, ७ मा रिम पाइजा, अन्नपूर्ण १ दोवामा दिलीपकुमार गर्बुजा, २ भुरुङ तातोपानीमा ओमप्रकाश फगामी र ३ मा रमेश पूर्जा विजयी भएका छन् ।

कांग्रेसबाट बेनपा २ मा याम कार्की, ७ मा रमेशकुमार श्रेष्ठ, ९ मा चक्र केसी, मङ्गला ४ मा लालबहादुर रोका, मालिका १ मा टङ्कप्रसाद पुन, ४ मा भिजेन्द्रमान पुन, ५ मा मीम पुन, धवलागिरिमा ३ मा देवेन्द्र रोका, ५ मा अमर छन्त्याल, रघुगङ्गा १ मा बिलबहादुर फगामी, ४ मा पविन गर्बुजा, ५ मा मनबहादुर शेरपूर्जा, ६ मा मनकुमार शेरपुञ्जा र ८ मा गमान छन्त्याल निर्वाचित भएका छन् । माओवादी केन्द्रबाट बेनपा– ३ मा पदम पुन, ४ मा अणबहादुर खड्का, मङ्गला ३ मा याम रोका, मालिका ३ मा मोतिप्रसाद बुढा, धवलागिरी १ मा झकबहादुर छन्त्याल र ७ मा अशोक खत्री निर्वाचित भएका छन् । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्