दैलेखको नारायण नगरपालिकामा एमालेका उम्मेदवार निर्वाचित

Ad
  • कालोपाटी सम्बाददाता

दैलेख । दैलेखको नारायण नगरपालिकामा गठबन्धनलाई पराजित गर्दै नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । एमालेका लोमन शर्माले गठबन्धनबाट प्रमुखका उम्मेदवार नेपाली कांग्रेसका निर्मलाकुमारी खड्का थापालाई ७९ मतान्तरले पराजित गरे ।

प्रमुखमा निर्वाचित शर्माले पाँच हजार ४३६ मत प्राप्त गरेका छन् । थापाले पाँच हजार ३५७ मत प्राप्त गरे । उपप्रमुखमा एमालेको तप्ताकुमारी खड्काले गठबन्धनकै उम्मेदवार नेकपा एकीकृत समाजवादीको सावित्री मल्ललाई एक हजार ८३५ मतान्तरले पराजित गरे । उपप्रमुखमा निर्वाचित खड्काले पाँच हजार ६७३ मत प्राप्त गरेका छन् । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्