वीरगञ्जमा राजेशमानले ८ हजार १ सय ३१ मत प्राप्त गरि बनाए फराकिलो मतान्तर, सरावगीभन्दा ४ हजार ५ सय ९ मतले अगाडि

Ad
  • कालोपाटी सम्बाददाता

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाको मेयरमा राष्ट्रिय जनता पार्टी राजपाका राजेशमान सिंहले फराकिलो अग्रतालाई कायमै राखेका छन् । नेकपा एमालेका विजयकुमार सरावगी भन्दा सिंहले ४ हजार ५ सय ९ मत बढी ल्याएका छन् । १६ हजार ४४७ मत गणना हुँदा सिंहले ८ हजार १ सय ३१ मत ल्याएका छन् भने एमालेका सरावगीले ३ हजार ६ सय २२ मत ल्याएका छन् ।

उपमेयरमा नेपाली कांग्रेसका इम्तियाज आलमले ४ हजार ९ सय ३२ मत ल्याउँदा लोकतान्त्रिक समाजवादी लोसपाका पुरुषोत्तम लाल झाले ७ सय ८३ मत ल्याएका छन् ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्