कैलालीको बर्दगोरियाको अध्यक्षमा एमालेका कुँवर र उपाध्यक्षमा मोवादीका गिरी विजयी

Ad
  • कालोपाटी सम्बाददाता

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिकामा नेकपा एमालेका कर्णबहादुर कुँवर विजयी भएका छन् । कुँवरले गठबन्धनको तर्फबाट अध्यक्षका उम्मेदवार बनेका नेपाली कांग्रेसका शेरबहादुर कठरियालाई पराजित गर्दै विजयी भएका हुन् । कुँवरले पाँच हजार ८४२ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्दी कठरियाले चार हजार १८६ मत ल्याएका छन् ।

त्यस्तै उपाध्यक्षमा गठबन्धनबाट उम्मेदवार बन्नुभएका नेकपा माओवादी केन्द्रका गणेश राज गिरी निर्वाचित भएका छन् । गिरीले एमालेकी इन्दु कठरियालाई पराजित गर्दै उपाध्यक्षमा निर्वाचित भएका हुन् । गिरीले चार हजार ५६९ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्दी इन्दुले चार हजार २५५ मत ल्याएका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्