दाङको शान्तिनगरको अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी

Ad
  • कालोपाटी सम्बाददाता

दाङ । दाङको शान्तिनगर गाउँपालिकाको अध्यक्ष पदमा नेपाली कांग्रेसका प्रमोद बस्नेत र उपाध्यक्षमा प्रेमा बुढाथोकीले विजय हासिल गरेका छन् । नवनिर्वाचित बस्नेतले पाँच हजार ७१६ मत प्राप्त गरेका छन् । भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विष्णु केसीले चार हजार ५२४ मत प्राप्त गरेका निर्वाचन अधिकृतको कार्यालय शान्तिनगरले जनाएको छ । त्यस्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पदका उम्मेदवार मोहन वलीले दुई हजार ७९४ मत प्राप्त गरेका छन् ।

त्यस्तै उपाध्यक्षमा कांग्रेसका प्रेमा बुढाथोकीले पाँच हजार ७५० मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका कमला भण्डारीले चार हजार २८ मत प्राप्त गरेका छन् । मओवादी केन्द्रका उम्मेदवार राधिका परियारले तीन हजार ८० मत प्राप्त गरेका हुन् । यसअघि पनि शान्तिनगरमा कांग्रेसले नै जितेको थियो । शान्तिनगरमा कूल २० हजार ८६३ मतदाता रहेकोमा १४ हजार ८०१ मत खसेको थियो । विसं २०७४ को स्थानीय तहको निर्वाचनमा शान्तिनगर गाउँपालिकामा एमालेले एउटा मात्रै वडा जितेको थियो भने माओवादीले तीन वटा र कांग्रेसले तीन वटा वडा जितेको तर, यस पटक एमालेले एउटा वडा थप्न सफल भयो ।

एमालले वडा नं ४ र ६ जित्न सफल भयो । यसअघिको निर्वाचनमा पनि एमालेले ४ नम्बर वडा जितेको थियो भने कांग्रेसले जितेको ६ नम्बर वडा पनि जित्न सफल भएको छ ।  त्यस्तै कांग्रेसले अहिले वडा नं ३, ५ र ७ नम्बर जित्न सफल भएको छ । ३ नम्बर यसअघि कांग्रेसले नै जितेको थियो भने वडा नं ५ र ७ लाई माओवादी केन्द्रबाट खोस्न सफल भएको छ तर कांग्रेसले यसअघि जितेको २ नम्बर वडा आफ्नो हातमा ल्याउन सकेन । उक्त वडा स्वतन्त्रका सुनिल वली जित्न सफल हुनुभएको छ । वली कांग्रेसमा आबद्ध भए पनि पार्टीले टिकेट नदिएपछि स्वतन्त्र भएर चुनाव लड्का थिए ।

सोही वडा कांग्रेसका दाङ जिल्ला सभापति शङ्कर डाँगी, निवर्तमान गाउँपालिका अध्यक्ष कमानसिंह डाँगीको वडा हो । माओवादीले वडा नं १ जितेको र सोही वडामा पुरानै वडाध्यक्ष जङ्गबहादुर पुनः निर्वाचित भएका छन् अहिले माओवादीले दुईवटा वडा गुमाउनुपयो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्