बागलुङ नगरपालिकाको प्रमुखमा कांग्रेसका श्रेष्ठ र उपप्रमुखमा राजु खड्का विजयी

Ad
  • कालोपाटी सम्बाददाता

बागलुङ । स्थानीय तहको निर्वाचनमा बागलुङ नगरपालिकाको प्रमुखमा कांग्रेसका वसन्तकुमार श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठले निर्वतमान नगरप्रमुख जनकराज पौडेललाई पाँच हजार ८२१ मतको फराकिलो अन्तरले पराजित गरे । अन्तिम मत परिणामअनुसार श्रेष्ठले १४ हजार ६७८ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका जनकराज पौडेलले आठ हजार ८२१ मत पाए ।

गत स्थानीय निर्वाचनमा श्रेष्ठ पौडेलसँगै दुई हजार ३०० मतान्तरले पराजित भएका थिए । दोस्रोपटकको आमने–सामनेमा श्रेष्ठले बाजी मारे । उपप्रमुखमा नेकपा माओवादी केन्द्रका राजु खड्का १२ हजार ४२७ मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाका सञ्जय खड्काले आठ हजार ६४ मत पाए । बागलुङ नगरका १४ वटा वडामध्ये ११ वटामा गठबन्धनको तर्फबाट विजयी भएका हुन् ।

वडा नंं १, ३, ८, ९, ११, १३ र १४ वडा कांग्रेसले, वडा नंं २ र १० नेकपा एकीकृत समाजवादीले, वडा नंं ४ माओवादी केन्द्रले र वडा नंं १२ मा स्वतन्त्र उम्मेदवार निर्वाचित भए । वडा नंं ५, ६ र ७ भने एमाले निर्वाचित भएको छ । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्