स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाको प्रमुखमा कांग्रेसका तिवारी र उपप्रमुखमा गुरुङ विजयी

Ad
  • कालोपाटी सम्बाददाता

स्याङ्जा । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका प्रकाश तिवारी र उपाध्यक्षमा सपना गुरुङ विजयी भएका छन् । अध्यक्षमा विजयी हुनुभएका तिवारीले नेकपा एमालेका चीनमाया गुरुङलाई एक हजार ९४४ मतान्तरले पछि पाएका निर्वाचन अधिकृत शुभाकर पौडेलले जानकारी दिए ।

तिवारीले पाँच हजार २९१ मत प्राप्त गर्दा गुरुङले तीन हजार ३४७ मत ल्याए । विसं २०७४ को स्थानीय तह निर्वाचनमा एमालेबाट गुरुङ उपप्रमुखमा विजयी भएका थिए । त्यस्तै उपप्रमुखमा कांग्रेसकै सपना गुरुङ विजयी भएको हुन् । गुरुङले एमालेका टङ्कप्रसाद खनाललाई एक हजार ६० मतले पराजित गरेका हुन् । गुरुङले चार हजार ८२७ मत ल्याउँदा खनालले तीन हजार ७६७ मत प्राप्त गरे ।

छवटा वडा रहेको अर्जुनचौपारी गाउँपालिकाको १, २, ३, ४, ५ नं वडामा कांग्रेस, वडा नं ६ मा एमाले विजयी भएको निर्वाचन अधिकृत पौडेलले बताए । कूल १३ हजार ८६७ मतदाता रहेको अर्जुनचौपारीमा ६५।८१ प्रतिशत मत खसेको थियो । पुरुष चार हजार १९८ र चार हजार ९२८ महिला गरी कूल नौ हजार १२६ मत खसेको थियो । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्