सिरहाको नवराजपुरको गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा जसपाका उम्मेदवार निर्वाचित

Ad
  • कालोपाटी सम्बाददाता

सिरहा । सिरहाको नवराजपुर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा जनता समाजवादी पार्टी जसपा का उम्मेदवार निर्वाचित भएका छन् । अध्यक्षमा जसपाका शिवउदगार यादव चार हजार ५५४ मतसहित निर्वाचित भए । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका विश्वमोहनप्रसाद यादवले दुई हजार ५२५ मत ल्याएका निर्वाचन अधिकृत दिनेशकुमार न्यौपानेले जानकारी दिए ।

यस्तै उपाध्यक्षमा जसपाकै पुनम यादव चार हजार ३१८ मतसहित निर्वाचित हुँदा कांग्रेसका शोभाकुमारी यादवले दुई हजार ३ सय ८५ मत प्राप्त गरे । यसैगरी सिरहाको विष्णुपुर गाउँपालिकाको अध्यक्षमा एमाले र उपाध्यक्षमा जसपाका उम्मेदवार विजयी भएका छन् ।

अध्यक्षमा एमालेका सत्यनारायण यादव दुई हजार १५८ मतसहित विजयी भए । उनका निकटतम प्रतिस्पर्धी जसपाका जागेश्वर यादवले दुई हजार १ सय १७ मत प्राप्त गरे । गाउँपालिकाको उपाध्यक्षमा जसपाका गीतादेवी सिंह दुई हजार २७२ मत ल्याएर विजयी हुदाँ उनको निकटतम प्रतिस्पर्धी कांग्रेसका चन्द्रकला कुमारी यादवले एक हजार ९६९ मत ल्याएका थिए ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्