सिन्धुलीको फिक्कल गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमाले विजय

Ad
  • कालोपाटी सम्बाददाता

सिन्धुली ।  फिक्कल गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा क्रमशः नेकपा एमालेका पार्वती सुनुवार र राजु वराल निर्वाचित भएका छन् । सुनुवारले चार हजार ६२ र बरालले चार हजार २५६ मत प्राप्त गरी निर्वाचित भएका हुन् ।

सुनुवारको निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका निर्पबहादुर भुजेलले चार हजार १७ र वरालको निकटतम प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका लोकेन्द्रबहादुर कार्कीले तीन हजार ४२६ मत प्राप्त गरेका छन् । फिक्कलको छ वडामध्ये चार वटामा एमाले, एउटामा माओवादी केन्द्र र एउटामा कांग्रेसले अध्यक्षमा विजययी भएका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्