दोलखाको तामाकोसी गाउँपालिकामा गठबन्धनका उम्मेदवार विजयी, प्रमुखमा एकीकृत समाजवादीका केसी निर्वाचित

Ad
  • कालोपाटी सम्बाददाता

इलाम । दोलखाको तामाकोसी गाउँपालिकाको प्रमुख र उपप्रमुख पदमा गठबन्धन उम्मेदवार विजयी भएको छ । बुधबार बिहान सम्पन्न मतगणना अनुसार अध्यक्षमा गठबन्धनबाट उम्मेदवार बनेका एकीकृत समाजवादीका प्रोणप्रताप केसी र उपाध्यक्षमा कांग्रेसकी सिर्जना सुवेदी विजयी भएका हुन् ।

निर्वाचित केसीले ५ हजार ४ सय ९० मत प्राप्त गर्दा एमालेका अभिषेक सुवेदीले ३ हजार ४ सय ६६ र उपाध्यक्षमा निर्वाचित भएकी सुवेदीले ५ हजार ४ सय ४१ मत ल्याउँदा एमालेकी पोखरेलले ३ हजार ३ सय ५१ मत मात्रै ल्याएकी छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्