रामेछापको लिखु तामाकोशी गाउँपालिकाको अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एमाले विजयी

Ad
  • कालोपाटी सम्बाददाता

हेटौंडा । रामेछापको लिखु तामाकोशी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेस उम्मेदवार विजयी भएको छ । अध्यक्षमा कांग्रेसका उम्मेदवार केशव महतले ५ हजार ११२ मत ल्याएर निर्वाचित भएका हुन् । महतले १ हजार ४ मत अन्तरले नेकपा एमालेका उम्मेदवार कमलप्रसाद कडरियालाई पराजित गरेका हुन् । महतले ५ हजार ११२ मत पाउँदा कडरियाले ४ हजार ८ मत ल्याएका थिए ।

उपाध्यक्षमा भने एमाले उम्मेदवार दीपा पाख्रिन विजयी भएकी छन् । कांग्रेस उम्मेदवार सरस्वती गुरुङ खड्का पाख्रिनलाई पराजित गर्दै उनी निर्वाचित भएकी हुन् । दीपाले ४ हजार १२६ मत प्राप्त गर्दा सरस्वतीले ३ हजार ९३३ मत ल्याइन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्