भरतपुरमा पाँच हजार बढीले दाहालको अग्रता

Ad
  • कालोपाटी सम्बाददाता

भरतपुर महानगरपालिकामा पाँच दलीय गठबन्धनका रेनु दाहालले पाँच हजार १३३ मत अन्तरले अग्रतालिएकी छिन्  ।  उनले यहाँका १४ वटा वडा गणना गर्दा २७ हजार ४१२ मत प्राप्त गर्नुभएको छ ।उनका  निकटतम प्रतिस्पर्धी नेकपा एमालेका विजय सुवेदीले २२ हजार २७९ मत प्राप्त गरेका  छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ९ हजार ५५२ मत प्राप्तगरेका  मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

उपप्रमुखमा गठबन्धनबाट कांग्रेसका चित्रसेन अधिकारीले राप्रपाकी हिमला गुरुङलाई १२ हजार २०० मत अन्तरले अग्रतालिएका छन्  । अधिकारीले २९ हजार ५२५ मत प्राप्त गर्दा गुरुङले १७ हजार ३२५ मत प्राप्त गर्नुभएको छ । गणना सकिएका वडामा नेपाली कांग्रेसले १, , , , , , १० र १४, नेकपा एमालेले वडा नम्बर ३, ११ र १२, नेकपा समाजवादीले ७ र ९ एवं नेकपा माओवादी केन्द्रले वडा नम्बर १३ मा विजय हासिल गरेको छ ।

हाल भरतपुर महानगरपालिका वडा नम्बर १५ र १६ को गणना जारी रहेको छ । गणना जारी वडामा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवारले अग्रता लिनुभएको छ । भरतपुर महानगरपालिकामा एक लाख २७ हजार ८३९ मत खसेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्