नेपाली प्रहरीका ५ डीआईजीलाई एआईजीमा बढुवा गर्न सिफारिस

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । नेपाल प्रहरीका पाँच जना प्रहरी नायब महानिरीक्षक डीआईजीहरू प्रहरी अतिरिक्त महानिरीक्षक एआईजीमा बढुवाका लागि सिफारिस भएका छन् । गृह मन्त्रालयमा सोमबार बसेको बढुवा समितिको बैठकले डीआईजी उत्तमराज सुवेदीसहित पाँच जनालाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो ।

बढुवा सिफारिस सूचीअनुसार १ नम्बरमा सुवेदी, दोस्रोमा अरुणकुमार विसी र तेस्रोमा दिवेश लोहोनी छन् । त्यसपछि मुकुन्दराज आचार्य र पूजा सिंह एआईजीमा बढुवाका लागि सिफारिस भएका छन् । यसअघि डीआईजी वसन्तकुमार लामालाई एआईजीमा एकल बढुवा गरिएको थियो । तर उमेरहदका कारण उनले शनिबारबाटै अवकाश पाइसकेका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्