एमालेका कार्यकर्ता प्रहरीको नियन्त्रणमा, भरतपुरको मतगणना अवरुद्ध

Ad
  • कालोपाटी सम्बाददाता

भरतपुर । नेकपा एमालेका कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सोमबार दिउँसो वडा नम्बर २७ को मतपेटिका जाँचका लागि पुगेका एमालेका प्रतिनिधि फर्किने क्रममा एकाएक मतगणना स्थलमा प्रवेश गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । पक्राउ परेपछि भरतपुर महानगरपालिकाको मतगणना अवरुद्ध बनेको छ ।

उनलाई पक्राउ परेको विषयमा एमालेका कार्यकर्ताले विरोध गर्दै उनलाई रिहा नगरेसम्म मतगणना हुन नसक्ने अडान लिएका छन् । मतगणना स्थलमा तोकिएको अधिकारीबाहेक प्रवेश निषेध गरिएको छ । तर ती प्रतिनिधि अनाधिकृत रुपमा प्रवेश गरेपछि प्रहरीले तत्काल नियन्त्रणमा लिएको हो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्