‘बुद्ध दर्शन र संस्कृति संसारमै लोकप्रिय छ’ : मन्त्री पौडेल

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले गौतमबुद्धका उपदेश विश्वमै लोकप्रिय भएको बताएका छन् । शनिबार बेलायतको राजधानी लण्डनमा आयोजित बुद्धको २५६६औँ जन्मजयन्तीका अवसरमा उनले गौतमबुद्धले नेपालको भूमिमा जन्मेर मानव कल्याणका लागि ठूलो योगदान दिएको उल्लेख गर्दै बुद्धका उपदेश विश्वमै लोकप्रिय रहेको बताएका हुन् ।

मन्त्री पौडेलले बुद्ध विचारले अहिंसा, सद्भाव, मानवकल्याण र मानिसकै जीवनमा शान्तिको बाटो देखाएकाले उहाँका विचार विश्वभर नै धेरै लोकप्रिय हुन सकेको बताए । “बुद्धको दर्शन, संस्कार र संस्कृति सिक्न संसारका राजनेता र दार्शनिकलाई हार्दिक आग्रह गर्दछु”, मन्त्री पौडेलले भने “शान्तिका अग्रदूत गौतमबुद्धले सम्पूर्ण मानव जगत्को कल्याण गर्न गृहत्याग गरी कठोर परिश्रमबाट प्राप्त गरेका बोधि ज्ञान आजसम्म पनि उत्तिकै शास्वत रहेको छ ।” उनले नेपालीले गर्व गर्ने महत्वपूर्ण विषय भनेको गौतमबुद्ध नेपालमा जन्मिएका उल्लेख गरे ।

“गौतमबुद्धले मानवकल्याण र शान्तिका लागि ठूलो योगदान दिएका छन् ”, मन्त्री पौडेलले भने , “उनिप्रति हामी सबै नेपालीले गर्व गर्न सक्छौँ, उनको उपदेश र मार्गदर्शनलाई स्वीकार गरी अगाडि बढ्नसकेमा अवश्य पनि शान्ति र कल्याण प्राप्त हुन्छ ।” उनले हजारौँ हजार वर्षसम्म गौतमबुद्धका उपदेश जीवित रहने बताए । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्