पोखरा महानगरपालिकाको मेयरमा एकीकृत समाजवादीका धनराज आचार्य र उपमेयरमा एमालेका गुरुङ निर्वाचित

Ad
  • कालोपाटी सम्बाददाता

पोखरा । कास्कीको पोखरा महानगरपालिकामा गठबन्धनको तर्फबाट मेयर उम्मेदवार बनेका नेकपा एसका धनराज अचार्य निर्वाचित भएका छन् । उपमेयरमा भने नेकपा एमालेकी उम्मेदवार मञ्जुदेवी गुरुङ विजयी भएकी छन् ।

आचार्य ५८८९३ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी एमालेका कृष्णबहादुर थापाले ५२८४८ मत पाए । मेयरमा तेस्रो भएका राप्रपाका शंकर खरालले ५६७४ मत पाएका छन् भने चौथो भएका स्वतन्त्र उम्मेदवार खड्गराज पौडेल गनेसले ३०३० मत पाएका छन् ।

कांग्रेसकी कोपिला रानाभाटलाई पराजित गर्दै मञ्जु विजयी भएकी हुन् । मञ्जुले ६० हजार ५४६ मत ल्याउँदा कोपिलाले ५६ हजार ६६३ मत पाइन् । उपमेयरमा राप्रपाकी रन्जनाकुमारी सेन पौडेलले ५६९९ मत पाएर तेस्रो भएकी छन् । विवेकशील साझा पार्टीका माधव भण्डारीले २६४ मत पाएका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्