सरकारले सन्तुलित परराष्ट्र नीति लिन नसकेको भन्दै अमेरिकी हस्तक्षेप बढेको खनालको आरोप

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले संविधानले मार्गदर्शन गरेअनुसार भूमिसुधार योजना लागू गर्न अत्याधुनिक भूमि डाटा बैंकको व्यवस्था गर्नुपर्ने बताएका छन् । सरकारको नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा सुरु भएको छलफलमा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका खनालले यस्तो बताएका हुन् ।

उनले देशको कुनैपनि भूभाग हेर्न क्लिक गर्दा हेर्न सकिने बनाउनुपर्ने जरुरी भएको बताए । नेता खनालले विकास निर्माणका कुनैपनि काम गर्न त्यस्तो डाटा आवस्यक पर्ने भन्दै भूसम्पतीको वितरण अन्यायपूर्ण रहेको बताए । खनालले सरकारको विदेश नीति संगतीपूर्ण नदेखिएको भन्दै प्रधानमन्त्रीसँग जवाफ समेत  मागेका छन् । तिब्बत मामिला हेर्ने अमेरिकी विदेश मन्त्रीलाई नेपाल बोलाएर सरकारले चीनविरुद्ध उक्साउने काम गरेको भन्दै आपत्ति जनाएका छन् ।

खनालले अमेरिकी उपविदेश मन्त्रीलाई नेपाल निम्तो कसले दियो ?  भन्दै खनालले राष्ट्रिय हितमाथि चोट लाग्ने काम भएको आरोप समेत लगाएका छन् । सरकारले सन्तुलित परराष्ट्र नीति लिन नसकेको भन्दै अमेरिकी हस्तक्षेप बढेको आरोप उनले लगाए ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्