सम्पूर्ण समय महानगरपालिकाको व्यवस्थापनका लागि दिने बालेनको प्रतिबद्धता

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साहले अबको पाँच वर्षको सम्पूर्ण समय महानगरपालिकाको व्यवस्थापनका लागि दिने प्रतिबद्धता गरेका छन् । मेयरमा निर्वाचित भएपछि प्रतिक्रपया दिंदै उनले यस्तो बताएका हुन् ।

नगरवासीले दिएको अत्यधिक मतले आफू एकदमै खुसी भएको प्रतिक्रिया दिंदै उनले नगरवासीको मतलाई ऊर्जाको रुपमा लिएको बताए । उनले भने, ‘नगरवासीले हामीलाई यहाँ पुर्‍याउनु भएको छ । यो जिम्मेवारी दिनुभएको छ । यो जिम्मेवारीलाई हन्ड्रेड प्रसेन्ट मेरो पूर्ण क्षमतालाई यसमा दिनेछु ।’

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्