बालेनको विजय जुलुस सुरु, काठमाडौंको सवारी आवागमन प्रभावित हुने सक्ने सम्भावना

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । काठमाडौंको मेयर जितेका स्वतन्त्र उम्मेदवार बालेन साहको विजय जुलुस सुरु भएको छ । मतगणनास्थल राष्ट्रिय सभागृहबाट केहीबेरअघि जुलुस सुरु भएको हो । जुलसमा हज्जारौं बालेनका समर्थकको सहभागिता रहेको छ । राष्ट्रिय सभागृहबाट सुरु भएको र्याली भद्रकाली, शहीदगेट, हुँदै त्रिपुरेश्वर र कलंकीसम्म पुग्नेछ ।

त्यहाँबाट फेरि स्वयम्भु, बालाजु, महाराजगञ्ज, चाबाहिल, गौशाला, एयरपोर्ट, सिनामंगल, पुरानो बानेश्वर, मैतिदेवी, पुतलीसडक, बागबजार हुँदै खुल्लामञ्चमा गएर समापन गरिने छ । र्‍यालीमा सहभागीको संख्या ठूलो हुन सक्ने भएकाले काठमाडौंको सवारी आवागमन प्रभावित बन्ने देखिन्छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्