शुक्रबार १२ जनामा कोरोना सङ्क्रमण पुष्टी, १३ जना कोरोना मुक्त

Ad
  • कालोपाटी सम्बाददाता

नेपालमा पछिलो २४ घण्टामा १२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टी भएको छ । तीन हजार ३८७ मा कोरोना परीक्षण गर्दा १२ जनामा मात्र सङ्क्रमण देखिएको हो । मन्त्रालयका अनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या १२४ रहेको छ ।

विगत २४ घण्टामा १३ जना कोरोनाबाट निको भएर घर फर्किएका छन् । योसँगै निको हुनेको सङ्ख्या नौ लाख ६७ हजार ३७ पुगेको छ । निको हुने दर ९८.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । आज सङ्क्रमणबाट कसैको पनि निधन भएको छैन ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्