स्व पत्रकार सेनको सम्झनामा अक्षयकोष स्थापना, रकम वृद्धिका लागि सबै इच्छुक व्यक्तिले जम्मा गर्न सकिने

Ad
  • कालोपाटी सम्बाददाता

ताप्लेजुङ । कृष्ण सेन ‘इच्छुक’को आज २०औँ स्मृति दिवसको अवसरमा प्रेस सेन्टर नेपाल ताप्लेजुङले अक्षयकोष स्थापना गरेको छ । कोषमा रु दुई लाख जम्मा गरिएको छ । उक्त कोषको ब्याजबाट प्रत्येक वर्ष सेनको स्मृति दिवसमा जिल्लामा क्रियाशील एक पत्रकारलाई पुरस्कार प्रदान गरिने सेन्टरका जिल्ला उपाध्यक्ष राजकुमार गुरुङले जानकारी दिए ।

सेन्टरका जिल्लाध्यक्ष जीवन कालीकोटेले कोष घोषणा कार्यक्रममा अर्को वर्षबाट ताप्लेजुङलाई कार्यक्षेत्र बनाई पत्रकारिता क्षेत्रमा उत्कृष्ट योगदान दिने पत्रकारलाई सम्मान गर्ने निर्णय भएको बताए । सेन्टरका केन्द्रीय सदस्य चन्द्रबहादुर पन्दाकले सेनको सम्मानमा स्वतःस्फुर्तरुपमा अक्षयकोष स्थापना भएको बताउँदै कोषमा रकम वृद्धिका लागि सबै इच्छुक व्यक्तिले जम्मा गर्न सकिने बताए ।

कार्यक्रममा नेकपा माओवादी केन्द्र १ नं प्रदेश सचिवालय सदस्य तथा ताप्लेजुङ सहइञ्चार्ज मिङ्माडण्डु शेर्पाले द्वन्द्वकालको समयमा हत्या गरिएका सेनको नेपाली पत्रकारिता र साहित्य क्षेत्रमा योगदान रहेको बताए । विसं २०५९ जेठ १३ गते प्रदर्शनी मार्गस्थित महेन्द्र पुलिस क्लबमा हिरासतमा रहेका बेला सेनको हत्या भएको थियो । विसं २०१३ कात्तिकमा भारतको देहरादुनमा जन्मिएका सेन जनादेश साप्ताहिकको सम्पादक थिए ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्