स्थानीय तहमा अस्पताल बनाउन १० अर्ब बजेट विनियोजन, निशुल्क मिर्गौला प्रत्यारोपणको व्यवस्था

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । सरकारले स्थानीय तहमा निर्माणाधीन ६५५ अस्पतालका लागि १० अर्ब रुपैयाँ विनियोजन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले बजेट वक्तव्यमार्फत उक्त घोषणा गरेका हुन् । अर्थमन्त्री शर्माले पुराना जीर्ण अवस्थामा रहेका अस्पताल भवनको समेत स्तरोन्नती गरिने जानकारी गराए ।

अर्थमन्त्री शर्माका अनुसार जेष्ठ नागरिकलाई विशिष्टीकृत स्वास्थ्य सेवा प्रदान गर्न २० वटा अस्पतालम जेष्ठ नागरिक वार्ड सञ्चालनमा ल्याइने भएको छ । त्यस्तै सरकारले मिर्गौला रोगीहरुको निशुल्क मिर्गौला प्रत्यारोपणको व्यवस्था मिलाएको छ । सवै प्रादेशीक अस्पतालहरुमा डायलासिस सेवा उपलव्ध गराउन डायलासिस मेसिन खरिद गर्न रु २० करोड विनियोजन गरेको छ । विपन्न मिर्गौला रोगीहरुलाई निशुल्क मिर्गौला प्रत्यारोपण गर्न रु १० करोड विनियोजन गरेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्