बालविवाह र छाउपडी प्रथा अन्त्य गर्न नागरिक समाजको माग

Ad
  • कालोपाटी सम्बाददाता

कर्णाली । कर्णालीमा कुसंस्कारका रुपमा विद्यमान बालविवाह तथा छाउपडी प्रथा अन्त्य गर्न नागरिक समाजका अगुवाले जोड दिएका छन् । क्षेत्री समाज राष्ट्रिय महासङ्घ केन्द्रीय कार्यसमिति काठमाडौंद्वारा सोमबार जुम्लामा आयोजित अन्तक्र्रिया कार्यक्रममा राजनीतिक विश्लेषक डा सुरेन्द डा केसीले बालविवाहमुक्त कर्णाली निर्माणका लागि सचेतनाका कार्यक्रम सञ्चालन गर्न जरुरी छ भने ।

“छाउपडी प्रथाका कारण पनि यहाँका महिलाको अवस्था निकै दयनीय छ ”, उनले भने , “ बालविवाह तथा छाउपडी प्रथा अन्त्य गर्न सामूहिक प्रयत्नको खाँचो छ ।” कार्यक्रममा इतिहासकार डा रमेश ढुङ्गेलले तत्कालीन अधिनस्थ कर्णाली खस राज्यको मष्टो संस्कृति संरक्षण गर्न आवश्यक रहेको जनाए । उनले भने “खस सभ्यता संरक्षणका निम्ति खस राजाहरूको ठूलो देन छ । जुम्लाको हाटसिंजामा भाषाको अध्ययन अनुसन्धानका लागि विशेष केन्द्र तथा प्रतिष्ठान निर्माण गर्न जरुरी छ । ”

कार्यक्रममा खस साहित्य तथा संस्कृतिसम्बन्धी जानकार तथा वामपन्थी बुद्धिजीवी रामकृष्ण बुढ्थापाले जुम्लाको कालीमार्सी धानको बिजारोपण ऐतिहासिक पहलकर्ता लक्षालकृति पैकलाले गरेको र त्यसको प्रवद्र्धन गुरु चन्दननाथ बाबाले गरेको बताए । कला, साहित्य र संस्कृतिको केन्द्रविन्दु कर्णालीमा केही कुप्रथाले महिला र दलित वर्गले बढी समस्या खेप्नुपरेको उनको भनाइ थियो । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्