नापी कार्यालय भैरहवाका अमिन ३० हजार रुपैयाँ घुससहित पक्राउ

Ad
  • कालोपाटी सम्बाददाता

रुपन्देही । नापी कार्यालयका अमिन घुस रकमसहित पक्राउ परेका छन् । रुपन्देहीको भैरहवा नापी कार्यालयका टेकबहादुर रायमाझी पक्राउ परेका हुन्  । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार जग्गाको हालसाविक गरेबापत सेवाग्राहीसँग ३० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा रायमाझीलाई नियन्त्रणमा लिएको हो ।

सेवाग्राहीसँग घुस माग गरिरहेको सूचनाको आधारमा बुटवलबाट गएको आयोगको टोलीले उक्त रकम घुस लिइसकेको अवस्थामा उनलाई नियन्त्रणमा लिएको भण्डारीले जानकारी दिए । भण्डारीका अनुसार रुपन्देहीको सिद्धार्थनगर नगरपालिका(५ मा रहेको ३ नम्बर नापी कार्यालयको क्वाटरबाट उनलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्