गाउँपालिकाद्धारा निःशुल्क एम्बुलेन्स सेवा प्रदान, गाडी भाडाको अभावमा बस्नु्पर्ने बाध्यताको अन्त्य

Ad
  • कालोपाटी सम्बाददाता

दोलखा । दोलखाको गौरीशङ्कर गाउँपालिकाले अपाङ्गता भएका व्यक्ति र गर्भवतीको लागि निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने भएको छ । गाउँ कार्यपालिकाको पहिलो बैठकले गाउँपालिकाभित्रका क वर्गका अपाङ्ग र गर्भवती महिलाको लागि निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने निर्याण गरेको हो ।

भौगलिक विकटतासँगै पालिकामा सुविधा सम्पन्न अस्पताल नहुँदा सामान्यबाहेक अन्य उपचारको लागि चरीकोट तथा काठमाडौँ जानुपर्ने बाध्यता रही आएको छ । यसअघि पालिकाभित्र तथा पालिकाभन्दा बाहिर जिल्लाभित्र र जिल्ला बाहिर बिरामी बोकेर जाने एम्बुलेन्सको लागि पालिकाले निश्चित भाडादर निर्धारण गरेको थियो ।

पालिकाभित्रका क वर्गका अपाङग तथा गर्भवतीका लागि स्वास्थ्य संस्थासम्म जानका लागि गाडी भाडाको अभावमा बस्नु्पर्ने बाध्यताको अन्त्य भएको र स्वास्थ्य क्षेत्रमा सुधार हुने गाउँपालिकाका उपप्रमुख श्यामसुन्दर तामाङले बताए ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्