नदी प्रदूषण र ढुङ्गा गिटी उत्खनन, जलयात्रा पर्यटन प्रवद्र्धन गर्न माग

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । नेपाल एशोसियशन अफ ¥याफ्टिङ एजेन्सीज नाराको ३३औँ वार्षिक साधारणसभा एवं निर्वाचन कार्यक्रमका वक्ताले नदी प्रदूषण र ढुङ्गा गिटी उत्खनन हुँदा जलयात्रा पर्यटन व्यवसाय धरापमा पर्दै गएकोमा चिन्ता व्यक्त गरेका छन् । पर्यटन विभागका महानिर्देशक तारानाथ अधिकारीले समग्र पर्यटन क्षेत्रमा देखिएको समस्या समाधानका लागि विभाग गम्भीर भएर लागेको बताए।

“पर्यटन क्षेत्रमा रहेको समस्या समाधान गर्ने प्रमुख दायित्व पर्यटन व्यावसायिकै हो, यसमा विभाग हातेमालो गर्न तयार छ,” उनले भने । नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्रप्रसाद रिजालले नेपालमा जलयात्रा पर्यटन विस्तारको सम्भावना रहेको जनाउँदै यहाँभित्र रहेका नदी तथा खोलाको संरक्षणमा सरकार लाग्नुपर्ने बताए । उपत्यका पर्यटन कार्यालयका प्रमुख टङ्कप्रसाद भट्टराईले प्रदेश ऐनका कारण पर्यटन क्षेत्रमा भएका अफ्ठयारा समाधानका लागि व्यवसायी र सरकार बसेर काम गर्नुपर्ने बताए ।

नेपाल एशोसियशन टुर्स एण्ड ट्राभल्स एजेन्ट्स नाट्टाका अध्यक्ष रमेश थापाले नेपालको जलयात्रामार्फत शाहसिक पर्यटन व्यवसायमा नाराले महत्वपूर्ण भूमिका खेलेको जनाउँदै यसलाई जोगाइराख्ने चुनौती रहेको बताए । ट्रेकिङ एजेन्सीज एशोसियशन अफ नेपाल टानका अध्यक्ष खुमबहादुर सुवेदीले कोरोनाले थलिएको पर्यटन क्षेत्रलाई पुनस्थापना गर्नका लागि पर्यटन व्यवसायीबीच आपसी सहमति र सहकार्यको खाँचो रहेको बताए ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्