माओवादीले सुरु गर्यो निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिन

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । नेकपा माओवादी केन्द्रले निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिन थालेको छ । माओवादीले स्थानीय तहका १२१ प्रमुख र १२८ उपप्रमुख सहित पार्टी प्रदेशका इन्चार्ज, सह–इन्चार्ज, अध्यक्षलाई समेत सत्ता सञ्चालनका विषयमा प्रशिक्षण दिन लागेको हो । माओवादीले जितेका स्थानीय तहका प्रमुख र उपप्रमुखलाई काठमाडौं कुमारी हलमा राखेर प्रशिक्षण दिन थालेको पार्टी कार्यालय प्रमुख श्रीराम ढकालले बताए ।

प्रशिक्षकको रुपमा अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, जनार्दन शर्मा, वर्षमान पुन लगायत नेताहरु रहेका छन् । विषय विज्ञको रुपमा लीलामणि पौडेल, मीनबहादुर श्रेष्ठ, डा रामकुमार फुयाल, शैलेन्द्र गिरी लगायत व्यक्तिलाई बोलाएको छ । बुधबार बिहान पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ उद्घाटन सहित प्रशिक्षण दिएपछि बिहीबार वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले समापन गर्ने कार्यक्रम रहेको छ ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्