गाउँपालिकाले विद्यार्थीको खातामा मासिक १ सय बचत गरिदिने, उच्च शिक्षा अध्ययनका लागि सहयोग पुर्याउने उद्देश्य

Ad
  • कालोपाटी सम्बाददाता

दोलखा । दोलखा जिल्लाको तामाकोसी गाउँपालिकाले विद्यार्थीको खातामा मासिक १ सय बचत गरिदिने निर्णय गरेको छ । उच्च शिक्षा अध्ययनका लागि सहयोग पुर्याउने उद्देश्यले कक्षा १ देखि १२ सम्म अध्यन गर्ने विद्यार्थीहरुको खातामा बचत गरिदिने कार्यपालिकाको बैठकले निर्णय गरेको हो ।

सहकारी बैंक लगायतका बित्तीय संस्थाहरुमा बचत खाता खोली अभिभावकले मासिक १ सय बचत गरेको प्रमणित रसिद पेश गरेपछि गाउँपालिकाले सोही खातामा १ सय बचत गरिदिने भएको हो ।गाउँपालिका अध्यक्ष प्रताप केसिका अनुसार विद्यार्थीको पढाइ १२ कक्षा पूरा नभएसम्म बचत बाहेक अरु कुनै कारोबार गर्ने पाइने छैन ।

गाउँपालिका भित्रका बिधालयमा अध्ययन गरिरहेका तामाकोसी गाउँपालिकाका विद्यार्थीहरुले मात्र यो सुबिधा पाउने छन् । बचत अभियान श्रावण १ गते बाट सुरु हुने  छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्