‘प्राकृतिक स्रोतसाधनको उपयोग गर्दै सुदुरपश्चिम प्रदेशको पूर्वाधार तथा आर्थिक विकास गर्ने प्रतिवद्ध छौं’ : प्रधानमन्त्री

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्राकृतिक स्रोतसाधनको उपयोग गर्दै सुदुरपश्चिम क्षेत्रको पूर्वाधार तथा आर्थिक विकास गर्नुपर्नेमा सरकार प्रतिवद्ध रहेको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित सुदुरपश्चिमाञ्चल सरोकार मञ्चको साधारणसभा उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले सुदूरपश्चिम प्रदेशको तीव्र विकासका लागि आवश्यक कार्ययोजना बनाउन प्रतिवद्ध रहेको बताएका हुन् ।

। सुदुरपश्चिममा बिकासका धेरै सम्भावना रहेको भन्दै प्राकृतिक स्रोतसाधनको उपयोग गर्दै पूर्वाधार तथा आर्थिक विकास गर्नुपर्ने बताएका छन् । प्राकृतिक स्रोत साधनको सदुपयोग गर्दै युवाहरुलाई स्वदेशमा नै रोजगारी प्रदान गर्नुपर्ने उहाले बताए । प्रधानमन्त्री देउवाले भौगोलिक बिकटता लगाएतका कारणले सुदुरपश्चिम पछाडी परेका कारण त्यस क्षेत्रका युवाहरु रोजगारका लागि भारत जान बाध्य भएको उनको भनाई छ । त्यस्तै उनले सुदुरपश्चिमलाई बिकासको हव बनाउनका लागि दोधरा चादनीमा ड्राइपोर्ट आवश्यक रहेको धारणा राखे ।

उनले मानव संसाधनको विकास र लगानीको सुरक्षा गर्न सके सुदूरपश्चिम प्रदेशलाई मुलुकको सबैभन्दा धनी प्रदेश बनाउन सकिने धारणा समेत राखे । प्रधानमन्त्री देउवाले भारतसँग महाकाली पारी दोधारा चाँदनीमा सुख्खा बन्दरगाह बनाउने सहमति भएको उल्लेख गर्दै त्यसले पनि सुदूरपश्चिम प्रदेशको विकासमा सघाउ पुर्याउने विश्वास व्यक्त गरे ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्