माधव नेपाल भन्छन्- ‘मन्त्रीहरुलाई पहिले नै हामीले ६ महिनाका लागि हो भनेका थियौं’

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मन्त्री हेरफेर हुनु नियमित प्रक्रिया भएको बताएका छन् । आइतबार पार्टी कार्यालयमा बसेको बैठकपछि बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले यस्तो बताएका छन् । मन्त्री नियुक्त हुने बेलामा नै ६ महिनाका लागि भनेर जानकारी गराएको अध्यक्ष नेपाल बताए ।

उनले भने– ‘यो नियमित प्रक्रिया हो, पहिले नै हामीले ६ महिनासम्म मन्त्री रहने भनेका थियौं । सुरुदेखि नै भनेको कुरा हो ।’ एकीकृत समाजवादीले जीवनराम श्रेष्ठ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, मेटमणि चौधरी शहरी विकास, भवानी खापुङ स्वास्थ्य तथा जनसंख्या, शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीका लागि नाम सिफारिस गरेको छ । त्यस्तै हीरा केसी स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा सिफारिस भएका छन् ।

आइतबार नेकपा एसले राज्यमन्त्री बाहेक पार्टीबाट मन्त्री भएका सबैलाई फिर्ता बोलाएर मन्त्रीका लागि नयाँ नाम सिफारिस गरेको थियो । मन्त्रीबाट हटाउन लागेको सूचना पाउने बित्तिकै मन्त्रीहरु प्रेम आले र विरोध खतिवडा पार्टी कार्यालयमा अध्यक्ष नेपाललाई भेटन पुगेका थिए ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्