‘कुन व्यक्तिलाई मन्त्री बनाउने या नबनाउने भन्ने कुरा सम्बन्धित पार्टीको सार्वभौम कुरा हो’ : नेता खनाल

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा सांसद झलनाथ खनालले पूर्वसहमति अनुरुप नै पार्टीका मन्त्रीहरुलाई फेरबदल गर्न लागेको बताएका छन् । सोमबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहररुसँग कुरा गर्दै मन्त्री खनालले यस्तो बताएका हुन् ।

कुन व्यक्तिलाई मन्त्री बनाउने या नबनाउने भन्ने कुरा सम्बन्धित पार्टीको सार्वभौम कुरा भएको भएको उनले बताएका छन् । उनले आफ्नो पार्टीको तर्फबाट कसलाई मन्त्री बनाउने भन्ने कुरा पार्टीले नै निर्णय गर्ने भन्दै धर्तीका अरु कुनै तागतले गर्न नसक्ने बताए । ६ महिनापछि मन्त्री हेरफेर गर्ने निर्णय पहिले नै नभएको भन्दै खनालले त्यसै अनुसार कमिटीबाट निर्णय भएको बताए ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्