नेपालको पूर्वी भू–भागमा मनसुनी वायुको प्रभाव, हल्कादेखि मध्यम वर्षाको सम्भावना

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । देशको अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ । हाल नेपालको पूर्वी भू–भागमा मनसुनी वायुको प्रभाव र मध्य तथा पश्चिमी भू–भागमा स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

उक्त प्रणालीको प्र्रभावले प्रदेश नं १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने छ । प्रदेश नं १, बागमती, गण्डकी प्रदेश र मधेस प्रदेशका केही स्थानमा तथा कर्णाली र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । विभागले प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा मधेस प्रदेशका थोरै स्थान, कर्णाली र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ ।

रातको समयमा प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा मधेस प्रदेशका थोरै स्थानमा मेघ गर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणानुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम २० दशमलव पाँच डिग्री सेल्सियस तथा अधिकतम तापक्रम २८ दशमलव दुई डिग्री सेल्सियस छ । –रासस

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्