म्याग्दीमा रासायनिक मलको अभाव, धानको बीउ राख्न नपाउँदा किसान चिन्तित

Ad
  • कालोपाटी सम्बाददाता

म्याग्दी । म्याग्दीमा धान रोप्ने समय सुरु हुन लागिसक्दा पनि रासायनिक मलको अभावमा बीउ राख्न नपाउँदा कृषक चिन्तित बनेका छन् । दोस्रो पटक मकै गोड्ने दोहो¥याउने बेलामा मकैमा रासायनिक मल हाल्न नपाएका किसान अहिले धानको बीउ राख्ने बेलासम्म मल नपाउँदा समस्यामा परेको बेनी नगरपालिका २ का पदमपाणि शर्माले बताए ।

उनले भने , “मकै गोड्दा मल नपाएर हालिएन, अब धान रोप्ने बेला आउन लाग्यो, मलको अभावमा बीउ राख्न पाइएको छैन, यसरी त खेती गर्न नसकिने भइयो ।” अर्का किसान तिलबहादुर घर्तीले मकै गोड्ने बेला बेनीमा मल नपाएपछि त्यत्तिकै मकै गोडेको बताउँदै भने , “बर्सेनि मलको अभाव हुन्छ, तर सरकारले कृषकको समस्याप्रति ध्यान दिएको पाइएन ।” उनले असारको दोस्रो साताबाट धान रोप्ने तयारी गरेका छन् । अहिले धानको बीउ राख्ने बेला भए पनि मल नपाउँदा सास्ती भएको उनले बताए । “अहिलेसम्म मल पाउने सुरसार छैन, के गर्ने कसो गर्ने अलमल परेको छु”, उनले थने ।

मल खरिद गर्न तीन-चार पटक बजार धाउँदा मल नपाएको भकिम्ली तोराखेतका डिलबहादुर सापकोटाले बताए । “रासायनिक मल नपाए पछि गोबर मल नै प्रयोग गरेर हिजो बीउ राखेँ, चाहिएको बेला मल कहिल्यै पाइँदैन, कृषकको समस्या कहिल्यै समाधान हुने भएन”, सापकोटाले भने । धान रोप्ने बेला डिएपी र गोड्ने बेला युरिया मल प्रयोग गरिन्छ । वर्षौदेखि रासायनिक मल हालिरहेको खेतबारीमा गोबर मल मात्रैले काम नगर्ने किसान बताउँछन् । म्याग्दीमा वार्षिक एक हजार दुई सय मेट्रिक टन युरिया मल आवश्यक पर्ने कृषि प्राविधिकको भनाइ छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्