जगन्नाथ बहुमुखी क्याम्पसको खेलमैदान निर्माण कार्य सुरु, सामाजिक विकास मन्त्रालयको १० लाख लगानी

Ad
  • कालोपाटी सम्बाददाता

बैतडी । बैतडीको जगन्नाथ बहुमुखी क्याम्पसको जग्गामा खेलमैदान निर्माण कार्य सुरु भएको छ । सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको १० लाख लगानीमा एकसय मिटर लम्बाइ र ५० मिटर चौडाइको खेलमैदान निर्माण कार्य सुरु भएको हो ।

चालु आर्थिक वर्षमै सम्पन्न गर्ने गरेर खेल मैदान निर्माण कार्य सुरु भएको हो । बिग बी एन्ड कम्पनीले खेल मैदान निर्माणको जिम्मा पाएको हो । क्याम्पसको आफ्नै खेल मैदान नहुँदा खेलकुदका गतिविधि सञ्चालनमा समस्या भएको थियो । खेल मैदान निर्माण कार्य सुरु भएपछि अब खेलकुदका गतिविधि अगाडि बढाउन सहज हुने क्याम्पस प्रमुख पृथ्वीराज अवस्थीले बताए ।

खेल मैदान निर्माण कार्यको दशरथचन्द नगरपालिकाका प्रमुख पुष्करराज जोशी लख्खाभाइले शिलान्यास गरेका छन् । सो निर्माण कार्यको शिलान्यास गर्दै दशरथचन्द नगरपालिका प्रमुख जोशीले खेल मैदानको थप स्तरोन्नतिका लागि नगरपालिकाले समेत सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्