काठमाडौंको सोडा गल्लीमा एक पुरुषको शव फेला

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । काठमाडौं महानगरपालिका २४, रञ्जना सोडा गल्लीमा एकजना पुरुषको शव फेला परेको हो । टेकु घर भएका ३४ वर्षीय सुरेन महर्जनको शव भेटिएको हो । बुधबार बिहान साढे ६ बजे स्थानीयवासीले एक जना पुरुष अर्धचेत अवस्थामा देखेको भन्दै प्रहरी कन्ट्रोल १०० मा फोन गरेका थिए ।

लगत्तै प्रहरी टोली पुग्दा महर्जन मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी दिनेशराज मैनालीले बताए । घटनाको अनुसन्धानका लागि उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली पनि खटिएको छ । शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको छ ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्