बुधबार ६० दशमलव २२ अंकले बढ्यो नेप्से परिसूचक, हेर्नुहोस् कतिको भयो कारोबार ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । बुधबार नेप्से परिसूचक बढेको छ । मंगलबारको तुलनामा नेप्से परिसूचक ६०.२२ अंकले बढेर २०८०.४४ बिन्दुमा पुगेको हो । बुधबार कुल २३१ कम्पनीको ५ लाख ५ हजार ८ सय ४८ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ६४ करोड ३ लाख ५६ हजार माथिको सेयर कारोबार भएको छ ।

बुधबार सबैभन्दा बढी कारोबार अरुण भ्याली हाइड्रो पावरको भएको छ । यस कम्पनीको ५ करोड १२ लाख ४ हजार ३ सय ३२ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस्तै आज सबैभन्दा बढी माउन्ट हाईड्रो नेपालका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ४ प्रतिशत भन्दा धेरैले घटेको हो । सरकारले आगामी आर्थिक वर्ष २०७९ र ८० को बजेट ल्याएपछि उछाल आउने गरि आज पहिलो पटक सेयर बजार बढेको हो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्