‘कृषि मन्त्रालय र जिम्मेवारी प्राप्त व्यक्तिले सही काम नगर्दा समयमा रासायनिक मल आउन सकेन’ : गगन थापा

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले कृषि मन्त्रालय र जिम्मेवारी प्राप्त व्यक्तिले सही काम नगरिदिँदा समयमा रासायनिक मल आउन नसकेको बताएका छन् । विनियोजन विधेयकको छलफलका क्रममा प्रतिनिधि सभाको बैठकमा बोल्ने क्रममा सांसद थापाले यस्तो बताएका हुन् ।

कांग्रेसका महामन्त्री समेत रहेका थापाले प्रधानमन्त्री तथा पार्टी सभापतिलाई भेटेर किसानलाई मलका कारण पर्ने समस्या बारे समयमै जानकारी गराएको बताए । ‘जेठ असारमा मल यहि तरिकाले आउन नसक्ने पार्टीको बैठकमा साथै बालुवाटारमा प्रधानमन्त्रीलाई भेटेर पनि भनेको हो ।’ थापाले भने,‘प्रधानमन्त्रीले त्यहीबाट मन्त्रीलाई फोन गरेर भन्नुभएको पनि हो ।’

स्वदेशमा मल नपाएर सीमाना पारी गएर ल्याउनेलाई लाठीले ठोकेर र खोसेर सरकारले बहादुरी देखाउने भन्दै विरोध गरे । थापाले छिमेकी राष्ट्रमा प्रति हेक्टर रासायनिक मलको प्रयोगको तथ्यांक प्रस्तुत गरेका थिए ।  २ देखि ३ लाख रासायनिक मल जेठ र असार महिनामा मात्रै आवश्यक पर्ने तथ्यांक सुनाउँदै थापाले कृषि मन्त्रालयले असारको अन्त्यसम्म ल्याउने प्रतिवद्धता जनाएको मल नआउने दाबी गरे ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्