मनसुनी वायुको सामान्य प्रभाव, मेघ गर्जन र चट्याङसहित वर्षा

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । नेपालको पूर्वी भूभागमा मनसुनी वायुको सामान्य प्रभाव र मध्य तथा पश्चिमी भूभागमा स्थानीय वायुको प्रभावका साथै भारतको उत्तर प्रदेश र बिहारमा रहेको पूर्वपश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ । उक्त मौसमी प्रणालीको प्रभावका कारण अहिले प्रदेश १, मधेस प्रदेश र बागमती प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही गण्डकी प्रदेश र अन्य प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र बाँकी भूभागमा आंशिक बदली रहको छ ।

प्रदेश १ र मधेसका थोरै स्थान तथा बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा भइरहेको छ । राजधानी काठमाडौं उपत्यकामा बिहानैदेखि हल्का वर्षा भइरहेको छ । उपत्यकामा पूर्ण रुपमा बदली छ । दिउँसो प्रदेश १, मधेश प्रदेस, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा तथा अन्य प्रदेशका पहाडी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । काठमाडौंको अधिकतम तापक्रम २८ र न्यूनतम तापक्रम २० डिग्री सेल्सियस रहेको छ । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्