गणेशपुर पचपन्न वर्षपछि सडक सञ्जालमा जोडियो, खेतको आली भएर हिँडडुल गर्ने बाध्यताको अन्त्य

Ad
  • कालोपाटी सम्बाददाता

कञ्चनपुर । शुक्लाफाँटा नगरपाालिका–१ गणेशपुरका शेरसिंह राना निकै खुसी देखिन्छन् । घर जोडने सडक निर्माण भएपछि उनी खुसी भएका हुन् । बसोबास भएको ५५ वर्षपछि राना परिवार सडक सञ्जालमा जोडिएका हुन् । “घर वरिपरि खेत थियो, त्यसमै पुख्र्यौली घर थियो”, उनले भन, “घर आउजाउ गर्नका लागि सडक त परको कुरा हिँडडुल गर्ने बाटो नै थिएन । खेतको आली भएर हिँडडुल गर्नु पर्दथ्यो ।” खेतको आली भएर घरपालुवा जनावर र परिवारका सदस्यले हिँड्ने गरेको उनले बताए ।

“अर्काको खेत भएर जनावरलाई डोहोयाएर लैजाँदै गर्दा कहिले खेतमा नोक्सानी गरिहाल्थे”, उनले भने “छिमेकीको गालीमात्रै होइन । कहिलेकाहीँ खप्कीसमेत खानु पर्दथ्यो । अब ती कुरा विगत भइसके । हिँड्ने खेतका आली सडकमा परिणत भएका छन् । सहजरुपमा हिँडडुल गर्न पाइएको छ ।” खेतसम्मै ट्र्याक्टर गुडाएर जोत्न सकिने भएको उनले बताए । रानासँग तीन बिघा बढी जग्गा रहेको छ । सडक निर्माण नहुँदा जग्गाको मूल्य थोरै थियो । सडक निर्माणले जग्गाको मूल्यसमेत दोब्बरले बढेको उनी बताउँछन् । शेर सिंहसगै १२ परिवार किसान सडकमा जोडिएका छन् ।

किसान बाबुरा रानाले सडक निर्माणपछि निर्धक्कसँग खेतीपाती गर्न र हिँडडुल गर्न पाइएको बता ।  “विगतका जनप्रतिनिधिसँग सडक खोलिदिनका लागि हारगुहार गरे पनि पाँच वर्षसम्म सुनुवाइ हुन सकेन”, उनले भने , “नवनिर्वाचित वडाध्यक्षले निर्वाचित भएर आएपछि वडाको पहिलो काम सडकबाट बञ्चितका लागि सडक खोलेर गुन लगाएका छन् ।” विसं २०२४ देखि बस्दै आएका बासिन्दा सडकको अभाव झैल्दै आएका थिए । वडाकै पुरानो बस्ती अब सडक सञ्जालमा जोडिएपछि स्थानीय बासिन्दा निकै खुसी छन् ।

जनताको पीरमर्का बुझ्ने जनप्रतिनिधि पाउँदा सहज भएको स्थानीय बासिन्दा बताउन पछि पर्दैनन् । वडाध्यक्ष उत्तरदेव भट्ट स्थानीय बासिन्दाकै सहकार्य र सहमतिमा सडकको अभाव झेल्दै आएका बासिन्दालाई सुविधा पुयाउन सडक खोलेको बताउँछन् ।“सडक एकातर्फ मात्रै सडक सञ्जालमा जोडिएको छ”, उनले भने , “अर्कोतर्फ सडक सञ्जालमा जोड्नका लागि स्थानि बासिन्दासँग छलफल सुरु गरेका छौँ, छिट्टै निष्कर्षमा पुग्छौँ ।” हाल एक दशमव पाँच किलोमिटर सडक वडाको पहलमा निर्माण गरिएको उनले बताए । भर्खरै खोलिएको सडकको स्तरोन्नति गरी छिट्टै ग्राभेल राख्ने कार्यसमेत गरिने उनको भनाइ छ । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्