हिमाली क्षेत्रमा निःशुल्क सोलार वितरण, १२८ घरधुरी प्रभावित

Ad
  • कालोपाटी सम्बाददाता

डोल्पा । केन्द्रीय विद्युत् प्रसारण लाइनको पहुँचमा नभएको उपल्लो डोल्पाको डोल्पोबुद्ध गाउँपालिकाका ५० घरधुरीलाई सौर्य ऊर्जा सोलारबाट विद्युत् पाएका छन् । डोल्पोबुद्ध गाउँपालिका–६ का १२८ घरधुरीमा ५० वाटको सोलार जडान गरिएको वडाध्यक्ष नुर्बु डम्डुल गुरुङले जानकारी दिए  ।

कादुरी नामक संस्थाको सहयोगमा वडाका सम्पूर्ण घरधुरीलाई निःशुल्क सोलार प्रदान गरिएको उनले बताए । संस्थाले सोलार खरिद गरिदिएर जाजरकोटको नलगाड नगरपालिका–१२ तल्लुबगरसम्म ढुवानी गरिदिएको थियो । यसपछि स्थानीय आफैँले सोलार ढुवानी गरेका थिए । सोलारले दैनिकीमा सजिलो भएको स्थानीयवासी सेनाङ लामाले बताए । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्