बिहिबार १७ दशमलव ६४ अंकले घट्यो नेप्से परिसूचक, हेर्नुहोस् कतिको भयो कारोबार ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । बिहिबार नेप्से परिसूचक घटेको छ । बुधबारको तुलनामा नेप्से परिसूचक १७.६४ अंकले घटेर २०६२.८० बिन्दुमा पुगेको हो । बिहिबार कुल २२९ कम्पनीको ४१ लाख ५६ हजार १ सय ०४ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ४७ करोड २६ लाख ९० हजार माथिको सेयर कारोबार भएको छ ।

बिहिबार सिङ्गति हाईड्रो इनर्जीका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ५ प्रतिशत भन्दा धेरैले घटेको हो । यस्तै आज सबैभन्दा बढी कारोबार कुमारी बैंक लिमिटेडको भएको छ । यस कम्पनीको ६ करोड ७४ लाख ६९ हजार ३ सय १ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्