ललितपुरमा १५ वर्षीया बलिका बलात्कृत, २३ वर्षीय मिलन परियार पक्राउ

Ad
  • कालोपाटी सम्बाददाता

ललितपुर । ललितपुरमा १५ वर्षीया बालिका बलात्कृत भएकी छन् । विभिन्न प्रलोभनमा पारी जेठ १४ गते साँझ ललितपुर महानगरपालिका–२६ सुनाकोठी बस्ने ओखलढुङ्गा चिशङ्खु गढी गाउँपालिका–३ दियाले घर भएका २३ वर्षीय मिलन परियारले बालिकालाई बलात्कार गरेका हुन् ।

उनलाई बलात्कार गरेको अभियोगमा परियारलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त चापागाउँबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्